• March 6, 2021

प्रधानमन्त्री ओलीद्वारा सुरक्षा निकायका प्रमुखसँग परामर्श

 प्रधानमन्त्री ओलीद्वारा सुरक्षा निकायका प्रमुखसँग परामर्श
मनपरे शेयर गरौ ! 


काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायमा प्रमुखहरूसँग छलफल गर्नुभएको छ ।

केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा चारै सुरक्षा निकायका प्रमुखलाई बोलाएर प्रधानमन्त्रीले परामर्श गरेका हुन ।

प्रधानमन्त्रीले प्रधानसेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीसँग परिवर्तित सन्दर्भको सुरक्षा व्यवस्थाको बारेमा जानकारी लिएका हुन ।

सो अवसरमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल र अर्थमन्त्री विष्णु पौडेल पनि साथै रहेका थिए ।

मनपरे शेयर गरौ ! 

Related post