नेकपा स्थायी कमिटिद्वारा केपी ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ ।
आइतबार साँझ बालुवाटारमा बसेको नेकपाको स्थायी कमिटी बैठकले लोकतन्त्रलाई खतरामा पार्ने काम गरेकाले स्थायी कमिटीले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको हो ।
बैठकले पुस ७ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय पनि गरेको छ ।
आजको बैठकमा प्रधानमन्त्री ओली र उनी पक्षीय सदस्यहरू अनुपस्थित थिए ।
बैठकले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनको देशव्यापी प्रतिवाद गर्ने निर्णय पनि गरेको छ ।