• September 29, 2020

झापामा पाँच करोड २२ लाखको राहत कोष, सात लाख केजी चामल वितरण

 झापामा पाँच करोड २२ लाखको राहत कोष, सात लाख केजी चामल वितरण
मनपरे शेयर गरौ ! 

सन्तोष शर्मा

झापा / झापामा राहत वितरणमा एकरुपता ल्याउन मापदण्ड बनाउने तयारी थालिएको छ ।

जिल्लास्तरीय ‘कोरोना भाइरस रोकथाम, उपचार तथा समन्वय अनगुमन समिति’ झापाको बैठकले राहत वितरणमा एकरुपता ल्याउन र लक्षित परिवारसम्म राहत पु¥याउन मापदण्ड बनाउने तयारी थालेको जिल्ला समन्वय समिति झापाका प्रमुख एवम् समितिका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए ।

उनका अनुसार बैठकले कोरोना भाइरसको संक्रमण नियन्त्रण, रोकथाम एवम् राहत वितरणका सम्बन्धमा विभिन्न नौ वटा निर्णयसमेत गरेको छ ।

‘भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ’, उनले भने, ‘झापाको पूर्वी र दक्षिणी सीमा भारतसँग जोडिएकाले उच्च सतर्कता आवश्यक देखिन्छ, सँगै राहत वितरण र राहत सामग्रीमा एक रुपता ल्याउन प्रदेश सरकारसँग मापदण्ड निर्माणका लागि पहल गरिरहेका छौँ ।’

झापामा विभिन्न जिल्लाका ३५० भन्दा बढी विद्यार्थी कोठा भाडामा बसेर अध्ययन गरिहेकाले उनीहरुलाई गृह जिल्लासम्म पु¥याउने व्यवस्था गर्ने समेत निर्णय भएको छ ।

त्यस्तै, राहत वितरणमा गाउँपालिका र नगरपालिकाले टोल विकास संस्थाहरुलाई परिचालन गर्ने, राहत पाउने परिवार छनोटका लागि वडास्तरीय सर्वदलीय सर्वपक्षीय संयन्त्र गठन गरेर वास्तविक विपन्न परिवारको पहिचान गरी राहत वितरण गर्ने व्यवस्था गर्ने, किसानलाई आवश्यक सिँचाइ प्रयोजनका लागि डिजेल, खाद्यान्न उद्योग तत्काल सञ्चालन गर्ने आपूर्ति सहज बनाउने, इन्धन आपूर्तिको व्यवस्था मिलाउने, सीमा क्षेत्रमा आवतजात रोक्न स्थानीय नागरिकहरुको सहभागितामा नागरिकस्तरको नागरिक समूह गठन गर्ने, सूचनामा रुपता ल्याउन वेभसाइटको मार्फत सूचना दिने लगायतका निर्णय भएका संयोजक पोर्तेलले बताए ।

झापाका १५ वटा स्थानीय तहले स्थापना गरेको राहत कोषमा हालसम्म रू पाँच करोड २२ लाखभन्दा बढी रकम जम्मा भइसकेको संयोजक पोर्तेलले जानकारी दिए। उनका अनुसार स्थानीय तहले ३३ हजार विपन्न परिवारलाई सात लाख केजी चामल वितरण गरिसकेको छ । त्यस्तै, दाल, नून, खानेतेल, साबुन लगायत सामग्री समेत वितरण गरेको उनले बताए ।

झापामा ७०० बेडको क्वारेन्टाइन निर्माण गरिएको छ भने नौ जनाको कोरोना स्वाब परीक्षण गरिएको छ । जसमध्ये आठ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी छ ।

यता, भारतमा संक्रमणको जोखिम बढेपछि सुरक्षित स्थानको खोजी गर्दै नेपालको सीमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गर्ने क्रम बढेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए ।

‘सुरक्षित स्थानको खोजी गरेर सीमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गर्ने जोखिम बढेको छ’, उनले भने, ‘जोमिख बढेकासँगै सीमा क्षेत्रमा उच्च सकर्तता बढाइएको छ ।’ प्रदेश सरकारले समेत सीमामा सतर्कता बढाउन जनशक्ति प्रदान गरेको उनले बताए ।

झापाको काँकरभिट्टा, लसुना, भद्रपुर लगायतका मुख्य नाका भन्दा पनि सीमा जोडिएका अन्य क्षेत्रबाट मानिस प्रवेश गर्ने गरेको पाइएको उनले बताए । ‘अहिले मकैबारी, खेत लगायतको ठाउँबाट प्रवेश गर्ने गरेको देखिएको छ’, उनले भने, ‘जसका लागि सीमा क्षेत्रका सबै स्थानमा निगरानी बढाउन आवश्यक छ ।’

दक्षिणी झापाको कचनकवलको पथरिया, झापा गाउँपालिकाको टाघनडृुब्बा, गौरीगञ्ज गाउँपालिकाको कोरोबारीमा प्रहरी निरीक्षकको कमाण्डमा स्थानीय समिति खडा गरेर परिचालन गरिएको छ ।

‘सीमाबाट कुनै पनि व्यक्ति नेपाल छिर्न नसकोस् भनेर त्यहाँको स्थानीयबासीलाई परिचालन गरेर सीमा निगरानी समिति गठन गरिएको छ’, उनले भने, ‘जसबाट सीमामा निगरानी बढाउनुका साथै गाउँघरमा नयाँ व्यक्ति आएमा खबर गर्ने काम पनि भइरहेको छ ।’


स्थानीय जनताको सहकार्यमा नेपाल प्रहरी, सशस्त्रको सहकार्यमा कोरोना विरुद्धको अभियान जारी रहेको उनले बताए । झापा अनलाइनबाट

मनपरे शेयर गरौ ! 

Related post