बालुवाटारमा नेकपा (ओली) समूहको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ / नेकपा (ओली) समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ ।
बैठकमा पार्टीको आगामी कार्याक्रम र निर्वाचनको तयारीबारे छलफल गर्ने बताइएको छ ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मंगलबार पनि केन्द्रीय कमिटीको बैठक बसेको थियो ।
बैठकले केन्द्रीय कमिटी बैठकले कमिटी विस्तार गरेर १ हजार १ सय ९९ सय सदस्यीय बनाएको थियो । तीमध्ये ओलीले ५ सय ५६ जना थपेका थिए ।
बुधबार राजधानीका सात ठाउँमा केन्द्रीय सदस्यहरूको प्रदेशस्तरीय भेला गरेर नेताहरूले जनताको घरदैलोमा जान उनीहरूलाई निर्देशन दिएका छन् ।
त्यसको तयारीका लागि अहिले केन्द्रीय कमिटीको बैठक बसेको बाँस्कोटाले बताए ।