• March 4, 2021

खुलेर आए रामबहादुर थापा ओली समूहमा

 खुलेर आए रामबहादुर थापा ओली समूहमा
मनपरे शेयर गरौ ! 


काठमाडौँ / नेकपाका सचिवालय सदस्य रामबहादुर थापा (बादल)ले प्रधानमन्त्री केपी शर्मा ओली समूहलाई साथ दिएका छन् ।

विभाजनमा अहिलेसम्म आफ्नो कित्ता नखुलाएका गृहमन्त्रीसमेत रहेका थापाले प्रधानमन्त्री केपी शर्मा ओली समूहलाई साथ दिएर आफू ओलीतिर रहेको स्पष्ट संकेत दिएका छन् ।

आज बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन् थापा पुगिसकेका छन् ।

बुधबार साँझ उनले आफूनिकट केही नेताहरुमार्फत् अबको राजनीतिक बाटोबारे जानकारी गराएका थिए ।

नेकपाको (दाहाल–नेपालसमूह) बाट अध्यक्ष पुष्पकमल दाहाल पटकपटक आग्रह गरे पनि थापाले ओलीलाई साथ दिने अन्तिम निर्णय लिएका हुन् ।

नेकपा विभाजनमा ओलीलाई साथ दिने थापा पूर्व माओवादीका तर्फका सबभन्दा वरिष्ठ नेता हुन् । थापाबाहेक स्थायी कमिटी सदस्यहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापाले पनि ओलीलाई साथ दिएका छन् ।

सोमबार साँझ थापाले ओलीलाई भेटेका थिए । दुई घण्टा लामो भेटमा ओली र थापाबीच सहकार्यको सहमति भएको स्रोत बताउँछ ।

थापालाई आफ्नो पक्षमा आउन आग्रह गर्दै मंगलबार उनलाई भेट्न दाहाल पुल्चोक पुगेका थिए ।

थापाले बुधबार बिहान प्रधानमन्त्री ओलीसँग लामो भेटवार्ता गरेका थिए । त्यही भेटपछि थापाले ओलीलाई साथ दिने अन्तिम निर्णय गरेको उनी निकट एक नेताले बताए ।

तर, थापा निकट मानिएका स्थायी कमिटीका नेता देव गुरुङ र पम्फा भुसाललगायतका अधिकांश केन्द्रीय सदस्य भने दाहाल–नेपाल समूहमा छन् । गृहमन्त्री थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदीसमेत दाहाल(नेपाल समूहमा छन् ।

ती नेताका अनुसार ओली समूहमा थापाले तीन सय केन्द्रीय सदस्य पाउने भएका छन् । ओली र थापाबीचको भेटवार्तामा ओलीले थापालाई तीन सय केन्द्रीय सदस्य दिने आश्वासन दिएपछि थापाले उनलाई साथ दिने निर्णय गरेको बताइएको छ ।

थापाको वरियताबारे आजको बैठकमा निर्णय हुने संभावना छ । उनको वरियता र पदलाई अर्का नेता वामदेव गौतमको निर्णयले पनि असर पार्ने स्रोतले बताएको छ ।

गौतम पनि ओली पक्षमा आएको खण्डमा ओलीपछि अध्यक्ष वा दोस्रो नम्बरको नेतामा गौतम रहनेछन् । गौतम नआएको खण्डमा ओलीपछिको बरिष्ठ नेता थापा हुने बताइएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

मनपरे शेयर गरौ ! 

Related post

प्रमुख समाचार

गृहद्वारा ५२ सिडियोको सरुवा