काठमाडौँ / नेकपाको (दाहाल–नेपाल) समूहको केन्द्रीय कमिटी बैठक बबरमहलमा सुरु भएको छ ।
बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम घोषणा गर्ने र आगामी रणनीति बनाउने लगायतका विषयमा निर्णय हुने बताइएको छ ।
केन्द्रीय कमिटी बैठक अघि यो समूहको स्थायी कमिटी बैठक पनि त्यही ठाउँमा बसेको थियो ।
स्थायी कमिटीअघि अध्यक्षद्वय पुष्कमल दाहाल र माधवकुमार नेपाल साथै वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठबीच बैठकका एजेण्डाबारे छलफल भएको थियो ।
संघर्षको कार्यक्रम कस्तो हुने भन्ने खाका बैठकमा पेस हुने बताइएको छ ।