• January 18, 2021

प्रचण्ड–माधव नेतृत्वको नेकपाद्वारा आन्दोलनको घोषणा

 प्रचण्ड–माधव नेतृत्वको नेकपाद्वारा आन्दोलनको घोषणा
मनपरे शेयर गरौ ! 


काठमाडौं / प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

बबरमहलको कार्की पार्टी प्यालेसमा जारी बैठकले नारायणकाजी श्रेष्ठको संयोजकत्वमा आन्दोलनका लागि २५ सय १ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरेको छ ।

आन्दोलन परिचालनका लागि सोही समितिबाट सानो सचिवालय गठन हुने बताइएको छ ।

प्रदेशमा काम संचालन गर्न स्थायी कमिटी र प्रदेश कमिटीका पदाधिकारीले काम थाल्ने र प्रदेशका पदाधिकारीले एक हप्ता भित्र प्रदेश कमिटी बैठक राख्नु पर्ने निर्देशन समेत बैठकले दिएको बताइएको छ ।

बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले शुक्रबारबाटै सडकमा आन्दोलनमा उत्रिने निर्णय गरेको हो । काठमाडौंमा भोलिदेखि नै दैनिक रुपमा कुनै न कुनै प्रकारको विरोध गर्ने यो समूहको निर्णय छ ।

बैठकले पुस १० गते माइतीमण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ ।

११ गते ७ प्रदेशका प्रदेश कमिटी बैठक सम्बन्धित प्रदेशमै गर्ने र १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला निर्णय भएको छ ।

२० गतेसम्म सबै नगर तथा गाउँ र २५ गतेसम्म सम्म वडा स्तरमा बैठक भेला गर्ने बैठकको निर्णय छ ।

मनपरे शेयर गरौ ! 

Related post