युवराज खतिवडाले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत डा. युवराज खतिवडाले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उनी राजदूत नियुक्त भएको पर्सिपल्ट नै पद तथा गोपनियताको शपथ लिएका हुन् ।
अमेरिकाबाट सहमति नै नआउने सम्भावना रहेको रिपोर्टिङ परराष्ट्रले प्रधानमन्त्री कार्यालयलाई दिंदा जसरी नि सहमति ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका थिए ।
सोही कारण सहमति आएकै भोलिपल्ट नियुक्ति र नियुक्तिकै पर्सिपल्ट शपथ खुवाउने काम भएको छ ।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको सहभागितामा उनले सपथ लिएका थिए ।
लगातार राजनीतिक नियुक्ति खाने मध्येका उनी यसअघि प्रधानमन्त्रीका आर्थिक सल्लाहकार थिए । त्यसअघि उनी अर्थमन्त्री थिए ।