• March 4, 2021

विदेशी हस्तक्षेप अस्वीकार्य –अध्यक्ष कमल थापा

 विदेशी हस्तक्षेप अस्वीकार्य –अध्यक्ष  कमल थापा
मनपरे शेयर गरौ ! 


काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा विदेशी हस्तक्षेप बढ्दै गएको बताएका छन् ।

अध्यक्ष थापाले सुझावको आवरणमा विदेशी हस्तक्षेप स्वीकार गर्न नसकिने कुरा प्रष्ट पारेका छन् ।

बर्तमान सत्तासंकटको बेला फुटको संघारमा पुगेको नेकपाको एकतामा सहयोग गर्न चिनियाँ कम्युनिस्ट पार्टीको उच्च प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको प्रसंग कोट्याउँदै कमल थापाको यसतो भनाई आएको हो ।

थापाले ट्वीटरमार्फत चीनले अन्तर्राष्ट्रिय भाइचाराको आवरणमा नेपालको आन्तरिक मामलामा दवाव, प्रभाव र हस्तक्षेप गरेको आरोप समेत लगाएका छन् ।

मंगलबार बिहान ट्वीटरमा उनले लेखेका छन्, ‘मैले नबुझेको हो वा बढी बुझेको हो, थाहा छैन चिनियाँ कम्युनिष्ट पार्टीले झैं अन्तरराष्ट्रिय भाईचारा भन्दै भारतीय कांग्रेसले नेपाली कांग्रेस र भाजपाले राप्रपाको आन्तरिक मामिलामा सुझावको आवरणमा दवाव, प्रभाव, हस्तक्षेप दिन थाले नेपालको स्वाभिमान, सार्वभौमिकता र जनताको निर्णायकत्वको के हाल होला ?’

मनपरे शेयर गरौ ! 

Related post

प्रमुख समाचार

गृहद्वारा ५२ सिडियोको सरुवा