• February 28, 2021

प्रतिगमन नसच्चिएसम्म निर्मम संघर्ष गर्छौं – नेकपा अध्यक्ष प्रचण्ड

 प्रतिगमन नसच्चिएसम्म निर्मम संघर्ष गर्छौं – नेकपा अध्यक्ष प्रचण्ड
मनपरे शेयर गरौ ! 


झापा / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले प्रतिगमन नसच्चिएसम्म अन्तिम समयसम्म निर्मम संघर्ष गर्ने बताएका छन् ।

पार्टीले गरेको पहिलो चरणको विरोध प्रर्दनलाई काठमाण्डौको भृकुटीमण्डपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अब कठोर संघर्षमा जाने उद्घोष गरे ।

अन्तिमसम्म आन्दोलन गर्ने बताउँदै उनले प्रधानमन्त्रीले के गर्न सक्नु हुन्छ गरे हुन्छ हामी छोड्ने वाला छैनौँ ।

आमसभामा प्रचण्ड माधव समूहका अध्यक्ष माधव कुमार नेपाल, झलनाथ खनाल लगायतका नेताले सम्बोधन गर्दै प्रतिनिधिसभा पुर्नगठन नभएसम्म आन्दोलन जारी राख्ने बताएका थिए ।

उपत्यकाका विभिन्न ठाउँबाट निकालिएको जुलुस भृकुटीमण्डपमा पुगेर आमसभामा परिणत भएको हो ।

नेकपाको जुलुष टेकु, कुलेश्वर, कुपण्डोल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, न्यूरोड, नक्शाल, रत्नपार्क, त्रिचन्द्र कलेज, बागबजार, वाल्मिकी क्याम्पस, लगायतका स्थानबाट निकालिएको थियो ।

मनपरे शेयर गरौ ! 

Related post

प्रमुख समाचार

गृहद्वारा ५२ सिडियोको सरुवा