• May 17, 2021

कस्ले भन्यो प्रतिनिधिसभा पुर्नस्थापना हुन्छ भनेर ?– प्रधानमन्त्री ओली

 कस्ले भन्यो प्रतिनिधिसभा पुर्नस्थापना हुन्छ भनेर ?– प्रधानमन्त्री ओली
मनपरे शेयर गरौ ! 


झापा / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले विगठन भइसकेको प्रतिनिधिसभा पुर्नस्थापना हुन नसक्ने कुरा दोहोर्याएका छन् ।

प्रतिनिधिसभा बिगठनको मुद्दा अदालतमा बिचाराधिन रहेका बेला प्रधानमन्त्री ओलीको त्यस्तो भनाई आएको हो ।

आज काठमाण्डौंको प्रज्ञा भवनमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले देश चुनावमा गईसकेकाले अब प्रतिनिधिसभा कुनै पनि हालतमा पुर्नस्थापना हुनै नसक्ने बताए ।

सम्बोधनका क्रममा ओलीले आधिकारिक नेकपाको नेतृत्व आफूले गरिरहेको बताउँदै सूर्य चिन्ह र आधिकारिक नेकपा आफ्नो भएको दाबी गरे ।

अहिले पनि आफूले प्रचण्ड, माधव र झलनाथ लगायतलाई कारबाही नगरेको उल्लेख गर्दै अध्यक्ष ओलीले सबै नेताहरुलाई सच्चिएर मुलधारमा आउन आग्रह गरे ।

मनपरे शेयर गरौ ! 

Related post