• May 12, 2021

नेकपा प्रचण्ड–माधव पक्षले दोस्रो चरणको आन्दोलन गर्ने

 नेकपा प्रचण्ड–माधव पक्षले दोस्रो चरणको आन्दोलन गर्ने
मनपरे शेयर गरौ ! 

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल पक्षले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

प्रचण्ड –माधव समूहले एक महिनाका लागि आज दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गरेको हो ।

केन्द्रीय कार्यालय पेरिसडाडामा बसेको आन्दोलन परिचालन समितिको बैठकले पार्टी संगठन पुनर्गठन र संघर्षका कार्यक्रम एकसाथ अघि बढाउने निर्णय गरेको छ ।

सो समूहले देशभर विरोध प्रदर्शन, भेला, मसलास जुलुस, सभा र विभिन्न राजनीतिक दलहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने लगायतका कार्यक्रम तय गरेको हो ।

सो समूहले पुस २० गतेदेखि माघ २३ गतेसम्म आन्दोलनको कार्यक्रम गर्ने जनाएको छ ।

मनपरे शेयर गरौ ! 

Related post