• February 28, 2021

अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्री बन्ने सपना अधुरै, तीन सांसदले लिए समर्थन फिर्ता

 अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्री बन्ने सपना अधुरै, तीन सांसदले लिए समर्थन फिर्ता
मनपरे शेयर गरौ ! 


काठमाडौं / वागमती प्रदेशमा मुख्यमन्त्री बन्ने अभिलाषा पुरा गर्न मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउनु भएकी अष्टलक्ष्मी शाक्यलाई झट्का लागेको छ ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेकपाका तीन सांसदले आफ्नो समर्थन फिर्ता लिएका छन् ।
उनीहरुले मुख्यमन्त्री कार्यालय र प्रदेशसभा सचिवालयमा आफ्नो हस्ताक्षर फिर्ता लिएको जानकारी आइतबार विहान दिनु भएको छ ।

काठमाडौं–७ ‘ख’बाट निर्वाचित प्रकाश श्रेष्ठ, काठमाडौं–१० ‘ख’की रमा आलेमगर र चितवन–३ ‘क’का कृष्ण भुर्तेलले हस्ताक्षर फिर्ता लिएको स्रोतले जनाएको छ ।

नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले गतसाता मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपाका ४५ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गराएको थियो ।

शाक्यलाई मुख्यमन्त्री बनाउन अविश्वास प्रस्ताव दर्ता गराइएको छ । प्रचण्ड–माधव पक्षले दलको नेतासमेत अष्टलक्ष्मीलाई चयन गरिसकेको छ ।

सांसद आलेमगरले आफूले सोच विचार गर्दा प्रधानमन्त्री केपी ओलीले चालेको कदम नै सही लागेकाले अविश्वास प्रस्तावको पक्षमा नरहेको स्पष्ट पार्नुभयो ।

११० सदस्यीय वागमती प्रदेशसभामा नेकपाका ८० सांसद छन् । ४५ मध्ये तीन जनाले हस्ताक्षर फिर्ता लिएपछि प्रचण्ड–माधव पक्षमा ४२ सांसद रहेका छन् भने ओली पक्षमा सभामुख सानुकमार श्रेष्ठसहित ३८ जना देखिएका छन् । केही सांसद अझै ढुलमुलमा छन् ।

अविश्वास प्रस्ताव पारित हुन ५६ जना सांसदले प्रस्तावको पक्षमा मतदान गर्नुपर्छ । प्रचण्ड–माधव पक्ष एक्लैले अविश्वास प्रस्ताव पारित गर्न संख्या पुग्दैन ।

यदि कांग्रेसले अविश्वास प्रस्तावको पक्षमा मतदान गरेन वा तटस्थ बस्यो भने डोरमणि पौडेलको पद जोगिन सक्छ । जनता टाइम्समा समाचार छ ।

मनपरे शेयर गरौ ! 

Related post

प्रमुख समाचार

गृहद्वारा ५२ सिडियोको सरुवा