• January 18, 2021

पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस घोषणा गरियोस् –राजेन्द्र लिङदेन

 पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस घोषणा गरियोस् –राजेन्द्र लिङदेन
मनपरे शेयर गरौ ! 


बिर्तामोड / राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङदेनले पौष २७ गतेलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस घोषणा गर्न सरकार समक्ष माग गरेका छन् ।

राप्रपाले पौष २७ गतेलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस घोषणा गरियोस् भन्ने माग सरकार समक्ष निरन्तर राख्दै आएको छ ।

राप्रपा नेता लिङदेनले भनेका छन् , ‘पृथ्वीनारायण शाह थिए र नै हामीले नेपाली नाम र पहिचान पाएका छौं । तसर्थ पौष २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने निर्णय गरेर इतिहासको सम्मान गर्न सरकारको ध्यानाकर्षण गर्दछु ।’

नेता लिङदेनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पृथ्वीनारायण शाहको तस्वीर पोष्ट गर्दै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।

मनपरे शेयर गरौ ! 

Related post