• September 27, 2021

देशभर ५२२ कोरोना संक्रमित थपिए, ५७८ संक्रमण मुक्त

 देशभर ५२२ कोरोना संक्रमित थपिए, ५७८ संक्रमण मुक्त
मनपरे शेयर गरौ ! 


झापा / पछिल्लो २४ घन्टामा देशभर ५ सय २२ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै देशभर सक्रिय संक्रमितको कूल संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै देशभर थप ५ सय ७८ जना संक्रमण मुक्त भएका छन् । योसँगै देशभर संक्रमण मुक्त हुनेको कूल संख्या २ लाख ५५ हजार ६ सय ६६ पुगेको छ ।

आज ८ जना कोरोना संक्रमितले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै ज्यान गुमाउने कूल संक्रमित संख्या १ हजार ८ सय ९३ पुगेको । देशभर ५ हजार २ सय २५ सक्रिय संक्रमित छन् ।

मनपरे शेयर गरौ ! 

Related post