• February 27, 2021

अदालतबाट प्रतिनिधिसभा पुर्नस्थापना हुन्छ भन्ने विश्वास छ – पौडेल

 अदालतबाट प्रतिनिधिसभा पुर्नस्थापना हुन्छ भन्ने विश्वास छ – पौडेल
मनपरे शेयर गरौ ! 


काठमाडौं / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले संविधानको भावना अनुसार व्याख्या गरेर प्रतिनिधिसभालाई पुर्नस्थापना गर्ने विश्वास व्यक्त गरेका छन् ।

नेता पौडेलले मंगलबार जनता समाजवादी पार्टी, नेपालले आयोजना गरेको सरकारको असंवैधानिक कदम र राजनीतिक संकट विषय अन्र्तक्रियामा सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुर्नस्थापना गर्छ भन्ने विश्वास आफूमा रहेको बताए ।

कुनै कानूनी तथा संम्बैधानिक आधार बिना नै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभाको विघटन गरेकाले सर्वोच्च अदालतले संविधानको भावना अनुसार प्रतिनिधिसभालाई पुर्नस्थापना गर्ने विश्वास रहेको दोहोर्याए ।

पौडेलले संविधानमा संसद विघटनको विशेषाधिकार प्रधानमन्त्रीलाई नभएको पनि बताए ।

प्रतिनिधिसभा विघटनको कदमका विरुद्ध नेपाली कांग्रेस देशभर आन्दोलनमा होमिएको बताउँदै नेता पौडेलले देशभरका वडा, पालिका तथा प्रदेश स्तरमा विरोधका कार्यक्रम राखिएको जानकारी दिए ।

मनपरे शेयर गरौ ! 

Related post

प्रमुख समाचार

गृहद्वारा ५२ सिडियोको सरुवा