• September 25, 2021

वरिष्ठ गीतकार भैरवनाथ रिमालको निधन

 वरिष्ठ गीतकार भैरवनाथ रिमालको निधन
मनपरे शेयर गरौ ! 


काठमाडौँ / वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को शनिबार निधन भएको छ । रिमालको ८६ वर्षको उमेरमा दिउँसो २ः५० बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

नारायण गोपालले गाएको चर्चित गीत ‘जुन फूल मैले चाहेको थिए’, अरुणा लामाले स्वर दिएको ‘उदास मेरो प्रेम कथा’ लगायत चर्चित गीत लेखेका गीतकार रिमाल वि.सं. १९९२ माघ ३ मा जन्मिएका थिए । रिमालले ५०० भन्दा धेरै गीतको रचना गरेका छन् ।

रिमाल लामो समयदेखि स्मरण शक्ति ह्रास हुने अलजाइमर्सको समस्याबाट ग्रसित थिए ।
रिमालको शनिबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदै छ ।

मनपरे शेयर गरौ ! 

Related post