• January 18, 2021

रामजानकी सहकारीको नाफा १६ लाख बढी आगामी वर्ष २० लाख पुर्याउने लक्ष्य

 रामजानकी सहकारीको नाफा १६ लाख बढी आगामी वर्ष २० लाख पुर्याउने लक्ष्य
मनपरे शेयर गरौ ! 


बिर्तामोड / रामजानकी कृषि सहकारी संस्था लिको १२ औँ साधारणसभा आज सम्पन्न भएको छ ।
पौष २५ गतेदेखि विभिन्न सेवा केन्द्र केन्द्रित इकाई साधारणसभाको पौष २९ गते समापन गरिएको हो ।

संस्थाका अध्यक्ष दलबहादुर कार्कीको सभापतित्वमा भएको साधारणसभाको जिल्ला सहकारी संघका सचिव युवराज ढकालले उद्घाटन गरेका थिए । संस्थाका अध्यक्ष कार्कीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदन अनुसार रामजानकी कृषि सहकारी संस्थाको कुल शेयर पुजी १ करोड २२ लाख १८ हजार २०० रुपैयाँ रहेको छ । संस्थामा हाल ५ हजार १८२ जना शेयर सदस्य रहेका छन् ।

संस्थाको कुल बचत रकम ९ करोड ४२ लाख ५१ हजार ६४७ रुपैयाँ ३९ पैसा रहको छ भने १२ करोड १९ लाख ९६ हजार ९८७ रुपैयाँ ३१ पैसा ऋण लगानी रहेको छ । संस्थाले यो वर्ष कर अघि १६ लाख ३८ हजार ८५ रुपैयाँ ५३ पैसा नाफा गरेको जनाएको छ ।

हाल यो संस्थाले बिर्तामोड, सुरुङा, हल्दिबारी, चकचकी र कामाटोली गरि ५ वटा सेवा केन्द्र मार्फत कारोबार सञ्चालन गरिरहेको छ ।

यो संस्थामा हाल ३८ जना कर्मचारी कार्यरत छन् । आगामी वर्ष १ करोड ९२ लाख ७० हजार रुपैयाँ शेयर पुँजी पुर्याउने लक्ष्य लिएको संस्थाले १४ करोड ४५ लाख २५ हजार बचत सैकलन गर्ने लक्ष्य राखेको छ ।

आगामी वर्ष थप ८ वटा सेवा केन्द्र सञ्चालन गर्न स्विकृत लिइसकेको संस्थाले यो वर्ष शेयरसदस्यलाई ७ प्रतिशत शेयर लाभांष वितरण गरेको जनाएको छ ।

संस्थालाई प्रविधि मैत्री बनाउँदै लाने सिलसिलामा एसएमएस सेवा, युटिलिटी पेमेन्ट, डीसीएस सेवा सञ्चालन गर्दै आएको छ ।

संस्थाले अब मोबाइल बैंकिङ सेवा समेत सुरु गर्ने जनाएको छ ।
संस्थाका उपाध्यक्ष भीमबहादुर थापाले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष जीवन सुवेदीले स्वागत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि युवराज ढकाल र गरामनी कृषि सहकारी संघका अध्यक्ष ताराप्रसाद चापागाईले मन्तब्य राखेका थिए ।

मनपरे शेयर गरौ ! 

Related post