• September 27, 2021

नेपाल–भारत संयुक्त आयोगको बैठक भारतमा सुरु

 नेपाल–भारत संयुक्त आयोगको बैठक भारतमा सुरु
मनपरे शेयर गरौ ! 


झापा / नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक भारतको हैदरावादमा बिहीबार सुरु भएको छ ।

बैठकमा भाग लिन नेपालकातर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहितको टोली भारतमा छ भने भारतका बाह्य मामिलामन्त्री सुब्रह्मण्यम जयशंकर (एस जयशंकर) लगायतको टीम सहभागि छ ।

दुवै देशका परराष्ट्रमन्त्रीको सहअध्यक्षतामा आयोगको बैठक सोही भवनमा हुँदैछ । बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयसहित व्यापार, पारवहन, ऊर्जा, सिमाना, कोभिड–१९ सहयोग, भौतिक पूर्वाधार, सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन एवं संस्कृतिबारे छलफल हुनेछ ।

बैठकमा दुवै देशका परराष्ट्र, वाणिज्य, अर्थ, जलस्रोत, ऊर्जा र रेल मन्त्रालय–विभागका उच्च अधिकारी पनि सहभागी हुने दूतावासले जनाएको छ । बैठकमा नेपालका तर्फबाट सीमा विवादको मुद्दालाई पनि उठाउने तयारी गरिएको छ ।

बिहीबार बिहान उनीहरुबीच नेपाल–भारत सम्बन्धका साथै समसामयिक क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

मनपरे शेयर गरौ ! 

Related post