• June 20, 2021

आन्दोलनमा सक्रिय सहभागि हुन सभापति देउवाको अपिल

 आन्दोलनमा सक्रिय सहभागि हुन सभापति देउवाको अपिल

Deuba

मनपरे शेयर गरौ ! 


काठमाडौं / सातसय त्रिपन्न वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने कार्यतालिका सार्वजनिक गरेको नेपाली कांग्रेसले विरोध कार्यक्रममा सक्रिय सहभागिता जनाउन अपिल गरेको छ ।

कांग्रेसले शुक्रबार भने ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको थियो ।

संसद विघटनको सरकारी कदमविरुद्ध आन्दोलनमा उत्रिएको कांग्रेसले विरोध प्रदर्शनमा सहभागी हुन अपिल गरेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसले माघ ३ गते (भोलि) देशभर गर्ने विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन पार्टीका कार्यकर्तालाई अपिल गरेका हुन् । कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो ।

शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न आग्रह गरेका छन् ।

संसद विघटनको कार्यलाई नेपाली कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ । त्यसविरुद्ध कांग्रेस एक्लै संघर्षमा छ ।

मनपरे शेयर गरौ ! 

Related post

Featured

नगर आवासमा स्थानिय युवाको सहयोग