• November 28, 2021

‘जनता रुवाउन खोजेका थियौ सकेनौ, रुन दिइन्न’ –प्रधानमन्त्री ओली

 ‘जनता रुवाउन खोजेका थियौ सकेनौ, रुन दिइन्न’ –प्रधानमन्त्री ओली
मनपरे शेयर गरौ ! 


झापा / प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डतर्फ संकेत गर्दै आफूले जनतालाई खुसी बनाउँदा अरुलाई किन पीर परेको भन्दै प्रश्न गरेका छन् ।

केही दिनअघि एक कार्यक्रममा प्रचण्डले ओली जोकर जस्तै सारा हसाँउदै हिडेको भन्दै टिप्पणी गरेपछि प्रधानमन्त्री ओलीले त्यसको जवाफ दिएका हुन ।

नेकपा प्रदेश १ का आगुवा कार्यकर्ता भेलालाई शनिबार काठमाण्डौमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुले जनतालाई हँसाउँदा किन टाउको दुख्नु भन्दै प्रश्न गरेका हुन ।

ओलीले भने ‘उहाँहरुलाई बडा चिन्ता, दुःख लागेछ केपी ओली मान्छे हसाउछ, मान्छे हसाएर हिड्छ । अनि के म मान्छे मार्दै विधुवा बनाउदै टुहुरा बनाउदै, टुहुरो बनाउदै दुनियाँलाई रुहाउदै हिडू त म ?’ ।

उनले भने ‘म देशकै अनुहारमा मुस्कान ल्याउन चाहान्छु ।’ प्रधानमन्त्री ओली भने जिकिर छ, ‘ जनता रुवाउन खोजेका थियौं, सकेनौं, सक्दैनौं । रुन दिइन्नँ ।’

मनपरे शेयर गरौ ! 

Related post