• June 20, 2021

नेकपा प्रचण्ड–माधव पक्षले माघ ९ गते काठमाडौंमा प्रदर्शन गर्ने

 नेकपा प्रचण्ड–माधव पक्षले माघ ९ गते काठमाडौंमा प्रदर्शन गर्ने
मनपरे शेयर गरौ ! 


काठमाडौं / नेकपा प्रचण्ड–माधव पक्षले माघ ९ गते काठमाडौंमा संसद विघटन विरुद्ध प्रदर्शन गर्ने जनाएको छ ।

शनिबार बसेको केन्द्रीय संघर्ष, उपत्यका संघर्ष समिति, बाग्मती प्रदेश कमिटी, सम्पर्क विेशष कमिटी तथा जनवर्गीय र पेशागत संगठनको संयुक्त विस्तारित बैठकले प्रधानमन्त्रीले चालिएको कदमका विरुद्ध जनअधिकारको रक्षाका लागि माघ ९ गते राजधानी काठमाडौंमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

बैठकले माघ ९ गते राजधानीमा हुने विरोध प्रदर्शनको तयारीका लागि माघ ४, ५ र ६ गते प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका, वडा र शाखा कमिटी, सम्पर्क तथा जनवर्गीय संगठनका तहगत कमिटीका बैठक आयोजना गरी तयारीमा जुट्न पार्टी पंक्तिलाई निर्देशन गरेको छ ।

मनपरे शेयर गरौ ! 

Related post

Featured

नगर आवासमा स्थानिय युवाको सहयोग