• March 4, 2021

तीन विकेटले पराजित गर्दै अष्ट्रेलियामाथि भारतको सानदार जीत

 तीन विकेटले पराजित गर्दै अष्ट्रेलियामाथि भारतको सानदार जीत
मनपरे शेयर गरौ ! 


एजेन्सी / चौथो तथा अन्तिम टेष्ट सिरिजमा अष्ट्रेलियामाथि भारतले ३ विकेटको जित निकालेको छ ।

युवा विकेटकिपर ऋषभ पन्तको उत्कृष्ट ब्याटिङको मद्यतले चार टेष्टको सिरिज भारतले २–१ ले आफ्नो पोल्टामा पारेको हो ।

जितका लागि ३ सय २८ रनको विजयी लक्ष्य पछ्याएको भारतले ९७ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।

पाँचौ दिनको खेल सकिन तीन ओभर बाँकी रहँदा भारतले खेल जितेको हो । पाँचौं दिन ४ रनको अवस्थाबाट सुरु गरेको भारतले उत्कृष्ट ब्याटिङ गर्दै जित निकालेको हो ।

भारतको जितमा पन्त १ सय ३८ बलमा ९ चौका र १ छक्का सहित ८९ रनमा अविजित रहे ।
युवा ओपनर सुभमन गिलले १ सय ४६ बलमा ८ चौका र २ छक्का सहित ९१ रनको योगदान दिए ।

चेतेश्वर पुजारा ५६, अजिक्या रहाने २४, रोहित शर्मा ७ र मयंक अग्रवाल ७ रनमा आउट भए ।
अष्ट्रेलिया प्याट कमिन्सले सर्वाधिक ४ विकेट लिए । नाथन लायनको नाममा २ विकेट रह्यो ।

दोस्रो इनिङमा अष्ट्रेलिया २ सय ९४ रनमा अल आउट भएको थियो । अष्ट्रेलिया स्टिभ स्मिथले ७४ बलमा ७ चौका सहित सर्वाधिक ५५ रनको योगदान दिए ।

डेभिड वार्नर ७५ बल खेल्दै ६ चौका साथ ४८ रनमा एलबिडब्लू आउट भएका थिए । मार्नस हरिस ३८, मार्नस लाबुसेन २५, क्यामरन ग्रिन ३७, टिम पेइन २७ र प्याट कमिन्सले २८ रनको योगदान दिए ।

मनपरे शेयर गरौ ! 

Related post

प्रमुख समाचार

गृहद्वारा ५२ सिडियोको सरुवा