• March 4, 2021

झापामा मेची प्रादेशिक अस्पताल भद्रपुरबाट ‘कोभिशिल्ड’ खोप लगाउन सुरु

 झापामा मेची प्रादेशिक अस्पताल भद्रपुरबाट ‘कोभिशिल्ड’ खोप लगाउन सुरु
मनपरे शेयर गरौ ! 


झापा / काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट सुरु गरिएको खोप अभियान देशैभर सुरु भएको छ ।

आजबाट झापामा पनि कोरोना भाइरसविरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउन कार्य सुरु भएको छ । भद्रपुर नगरपालिकाका प्रमुख जीवन कुमार श्रेष्ठले खोप अभियानको शुभारम्भ गरेका थिए ।

खोपको सुरुवात मेची प्रादेशिक अस्पतालका डा. मनिष सुबेदीलाई पहिलो खोप लगाएर गरिएको छ ।

उनलाइ स्वास्थ्यकर्मी रमला अधिकारीले खोप लगाइदिएकी हुन् । दोस्रो खोप जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले लगाएका छन् ।

‘कोभिशिल्ड’ तेस्रो खोप स्वास्थ्य कर्मचारी बालकृष्ण भण्डारी, चौथो खोप मनोज भट्टराई र पाँचौ खोप ल्याव टेक्निसियन रमेश भण्डारीले लगाएका थिए ।

मेची प्रादेशिक अस्पतालमै खोप कार्यक्रम सञ्चालन गरिएको थियो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनालगायत जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

मनपरे शेयर गरौ ! 

Related post

प्रमुख समाचार

गृहद्वारा ५२ सिडियोको सरुवा