• March 4, 2021

नेकपा प्रचण्ड माधव समुहको माइतीघरमा धर्ना

 नेकपा प्रचण्ड माधव समुहको माइतीघरमा धर्ना
मनपरे शेयर गरौ ! 


काठमाडौं / प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड/माधवकुमार नेपाल पक्षले बुधबार माइतीघरमा धर्ना कार्यक्रम सुरु गरेको छ ।

धर्नामा विघटित प्रतिनिधि सभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेशसभा सदस्यहरू सहभागी थिए ।

नेकपा प्रचण्ड/माधव पक्षकी स्थायी कमिटी सदस्य तथा विघटित प्रतिनिधिसभा सदस्य पम्फा भुसाल, हरिबोल गजुरेल लगायतका नेता अग्रपंक्तीमा थिए ।

नेकपा प्रचण्ड÷माधव पक्षले प्रतिनिधि सभा विघटनको बिरोधमा आन्दोलनको विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।

बुधबारदेखि शुरु भएको धर्ना शनिबारबाहेक माघ २१ सम्म प्रत्येक दिन २ घण्टा बस्ने बताइएको छ ।

मनपरे शेयर गरौ ! 

Related post

प्रमुख समाचार

गृहद्वारा ५२ सिडियोको सरुवा