• March 9, 2021

एपिएफ क्लब प्रधानमन्त्री कपको फाइनलमा प्रवेश

 एपिएफ क्लब प्रधानमन्त्री कपको फाइनलमा प्रवेश
मनपरे शेयर गरौ ! 


झापा / नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गर्दै एपिएफ क्लब प्रधानमन्त्री कपको फाइनलमा पुगेको छ । नेपाल पुलिस क्लव प्रधानमन्त्री कपको साविक विजेता टीम हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपिएफले पूरा ५० ओभर खेल्दै ९ विकेट गुमाएर २०३ रनको योगफल तयार गरेको थियो ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको पुलिसले २०४ रनको लक्ष्य पाएको थियो ।
फाइनल प्रवेशका लागि २०४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पुलिसले ४९.२ ओभरमा सबै विकेट गुमाएर १७३ रन मात्रै बनायो ।

मनपरे शेयर गरौ ! 

Related post