कोरोना बिरुद्धको खोप सबै नेपालीले निःशुल्क पाउँछन् –प्रधानमन्त्री ओली

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीले कोरोनाविरुद्धको खोप निःशुल्क पाउने बताउनु भएको छ ।
कोरोनाविरूद्ध खोप अभियानको आज शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने बताउनु भयो ।
सरकारको पहिलो प्राथमिकता जनताको जीवन रक्षा रहेको भन्दै उहाँले जनतालाई रोग र भोकबाट बचाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले खोप उपलब्ध गराएकोमा भारतका प्रधानन्त्री नरेन्द्र मोदीलाई पनि धन्यवाद् दिनुभयो ।
केही दिन अघि भारतले नेपाललाई १० लाख डोज खोप अनुदानस्वरुप उपलब्ध गराएको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लगायतलाई खोप लगाउन सुरु गरिएको छ ।