• September 27, 2021

ड्रिम्स ग्रुप अफ कम्पनीले बिर्तामोडमा सुरु गर्यो टिफिन बक्स सेवा

 ड्रिम्स ग्रुप अफ कम्पनीले बिर्तामोडमा सुरु गर्यो टिफिन बक्स सेवा
मनपरे शेयर गरौ ! 

झापा / बिर्तामोडको ड्रिम्स ग्रुप अफ कम्पनीले झापामा टिफिन बक्सको सेवा सुरु गरेको छ । टिफिन बक्स झापा जिल्लालाई लक्षित गरेर शुरु गरिएको खाजा सेवाको नयाँ प्रयास भएको कम्पनीका प्रबन्ध निर्देशक प्रणित पुडासैनीले बताए ।

मानव जीवनशैली अत्यन्तै व्यस्त भईरहेको अवस्थामा समयको बचत र गुणस्तरीय खाजा उपलब्ध गराउने उद्देश्यले टिफिन बक्सको अवधारणा ल्याईएको पुडासैनीले जनाएका छन् ।

सुरुमा बैँक तथा बित्तीय संस्था, बीमा कम्पनीहरु, बिद्यालयका कर्मचारी तथा व्यवसायीलाई लक्षित गरेर प्रारम्भ गरिएको यो सेवा सफल हुने बिश्वास लिएको उनले बताए ।

न्यूनतम ५० रुपैँयामा उपलब्ध गराईने खाजा स्वाच्छ स्तरिय हुने बताइएको छ । सबै बर्गलाई अनुकुल हुने गरि टिफिन बक्सको सेवा प्रारम्भ गरिएको कम्पनीको दाबी छ ।

टिफिन बक्स खाजाको लागि पहिलो चरणमा १ सय ५० भन्दा बढी सेवाग्राही सँग सम्झौता भई सकेको र यसलाई क्रमस बृद्धी गर्दै अघि बढ्ने योजना कम्पनीको छ ।

सुरुमा झापाको बिर्तामोडसँगै मेचीनगर, भद्रपुर, कन्काई, अर्जुनधारा र बुद्धशान्ति क्षेत्रमा सेवा उपलब्ध गराईने छ ।

टीफिन बक्स सेवाले बेरोजगार युवालाई रोजगारी प्रदान गरिएको जनाएको छ । कम्पनीमा जम्मा ५२ जना कार्यरत छन् । त्यसमध्ये टिफिन बक्समा १२ जना युवाहरु आबद्ध हुने बताइएको छ ।
कम्पनी सन् २०१५ बाट झापाको बिर्तामोडमा स्थापना भएको हो ।

कम्पनीले स्थापनाकाल देखि मनोरञ्जनको क्षेत्रमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । पूर्व नेपालमा सौन्दर्य प्रतियोगिताको क्षेत्रमा बेग्लै पहिचान बनाई राष्ट्रिय स्तरमा समेत उत्कृष्ट पाँचौ स्थानमा परेको छ ।

यो सँगै शिक्षाको क्षेत्रमा नयाँ कार्यक्रम सञ्चालन भईरहेको छ । शनिबार बालबालिकालाई अध्ययनसँगै रचनात्मक कृयाकलापमा सरिक गराउदै पछिल्लो समय मन्टेश्वरी समेत सञ्चालन गर्दै आईरहेको छ ।

मनपरे शेयर गरौ ! 

Related post