• September 25, 2021

कांग्रेस निकट शुभेक्छुक संस्थाको बिर्तामोडमा बिरोध प्रदर्शन

 कांग्रेस निकट शुभेक्छुक संस्थाको बिर्तामोडमा बिरोध प्रदर्शन
मनपरे शेयर गरौ ! 

बिर्तामोड / नेपाली कांग्रेस निकट शुभेक्छुक संघ संस्थाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद बिगठनको बिरोधमा आज बिर्तामोडमा बिरोध प्रदर्शन र सभा गरेको छ ।

नेपाली कांग्रेस निकट बिभिन्न ३२ शुभेक्छुक संघसंस्थाहरुको अगुवाईमा बिरोध सभा सम्पन्न भएको हो । बिर्तामोडको इलाका प्रहरी कार्यालय अगाडि बिरोध सभा भएको हो ।

बिरोधसभामा नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल प्रजातान्त्रिक महासंघ, नेपाल ब्यूटिसियन संघ, नेपाल छापाखाना तथा सम्बद्ध श्रमिक संघ, नेपाल ब्यापार सम्बद्ध श्रमिक संघ, नेपाल नाई संघ, नेपाल कृषि श्रमिक संघ, नेपाल तामाङ संघ, स्थानीय तह कर्मचारी संघले सहभागिता जनाएका छन् ।


त्यस्तै, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स, नेपाल चिया बगान श्रमिक संघ केन्द्रीय तथा झापा समिति, नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल यातायात मजदुर संघ, नेपाल सांस्कृतिक कलाकर्मी संघ, नेपाल गृह श्रमिक संघ, नेपाल इम्बोइडरी हेण्डीक्राफ्ट तथा सिलाई बुनाई श्रमिक संघ, नेपाल निर्माण सम्बद्ध श्रमिक संघ, नेपाल बित्तिय श्रमिक संघ, नेपाल माछा ब्यापार श्रमिक संघ, नेपाल प्रेस युनियन, डेमोक्रेटिक लयर्स एसोसिएसन, नेपाल निजामति कर्मचारी संघ लगायतका संस्थाको सहभागिता थियो ।

नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरुले आज संसद् विघटनको विरोधमा देशभर प्रदर्शन गरेका छन् । मातृ पार्टीको निर्देशनमा कांग्रेसको शुभेच्छुक संस्थाहरु ७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

मनपरे शेयर गरौ ! 

Related post