• March 4, 2021

बिर्तामोडमा नेकपा प्रचण्ड माधव पक्षको अगुवा कार्यकर्ता भेला

 बिर्तामोडमा नेकपा प्रचण्ड माधव पक्षको अगुवा कार्यकर्ता भेला
मनपरे शेयर गरौ ! 


बिर्तामोड / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माधव प्रचण्ड पक्षको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम बिर्तामोडमा हुँदैछ ।


बिर्तामोडको सिटी पार्टी प्यालेसमा भइरहेको राजनीतिक प्रशिक्षण कार्यक्रममा स्थायी कमिटी सदस्य घनश्याम भुषाल र विदेश बिभाग उपप्रमुख सुरेन्द्र कार्कीले प्रशिक्षण दिँदै छन् ।


प्रशिक्षणमा प्रचण्ड माधव नेपाल समुहका जिल्लाका अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको छ ।
कार्यक्रममा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन झापाको सपथ ग्रहण र नेकपाको बिर्तामोड नगरस्तरीय संधर्ष समितिको घोषणा गरिँदै छ ।


सो राजनीतिक प्रशिक्षणमा माधव प्रचण्ड पक्षका झापाका सबै स्थानीय तहका अगुवा कार्यकर्ता सहभागी हुने बताइएको छ ।


भेलामा सो समुहले जिल्लाबाट करिब १हजार ५०० अगुवा कार्यकर्तालाई सहभागि गराउने लक्ष लिएको बताइएको छ ।


यद्यपी झापा जिल्लाको स्थानीय तहका जनप्रतिनिधिहरु केपी ओली पक्षमा बहुमत भएकाले र परिवर्तित राजनीतिका कारण भेलामा सोचेजति कार्यकर्ता उपस्थित गराउने सक्ने अवस्था नरहेको एक नेताले बताए ।


यसअघि झापामा नेकपा केपी शर्मा ओली पक्षले केहि समय अघि १७७ जनाको जिल्ला कमिटी बिस्तार गरि ६०१ पुर्याएको थियो ।

मनपरे शेयर गरौ ! 

Related post

प्रमुख समाचार

गृहद्वारा ५२ सिडियोको सरुवा