• September 27, 2021

युवाहरुको सकृयतामा बिपन्न परिवारलाई निःशुल्क कपडा, सयौँ लाभान्वीत

 युवाहरुको सकृयतामा बिपन्न परिवारलाई निःशुल्क कपडा, सयौँ लाभान्वीत
मनपरे शेयर गरौ ! 

बिर्ताबजार / लत्ताकपडा खरीद गर्न नसक्ने बिपन्न परिवारलाई निःशुल्क कपडा उपलब्ध गराउने उद्देश्यले खोलिएको ‘कपडा बैंक’ को समापन गरिएको छ ।

आर्थिक अवस्था कमजोर भएका बिपन्न परिवारका सदस्यहरुको लागी आफूलाई चाहिएको कपडा छानी–छानी पैसा नतिरी लैजानसक्ने व्यवस्था गरि खोलिएको कपडा बैंकको मगंलवार समापन गरिएको हो ।

सधै सामाजिक सोच राखेर समाजका लागी केहि गरौ भन्ने उदेस्य बोकेका युवाहरुको सकृयतामा ‘कपडा बैंक’ सञ्चालनमा आएको थियो ।

विर्तामोड नगरपालिका वडा नम्बर–३ स्थित सैनिकमोडमा सञ्चालनमा आएको बैंकबाट गरीब तथा अति विपन्न परिवारका सयौँ जना स्थानीयलाई राहत पुगेको आयोजक समितिका संयोजक गुन्जन प्रसाईले बताए ।

बिर्तामोड–३ मा रहेको सामाजिक सेवामा क्रियाशील एम के के ग्रुप, अनारमनी युथ क्लब ,दारी ग्याङ झापा तथा रोट्रयाक्ट बिर्तामोड लगायतका सघं–संस्थाले ‘कपडा बैंक’ सञ्चालनमा ल्याएका थिए ।

एक सातासम्म कपडा बैंक संञ्चालनमा आएपछी जाडो मौसममा कपडा लगाउनबाट बन्चित सयौँ बिपन्न परिवारका सदस्य लाभान्वित भएको सह–संयोजक आकाश उप्रेतिले जानकारी दिएका छन् ।

मनपरे शेयर गरौ ! 

Related post