• June 18, 2021

क्यान महासंघ झापाको छैटौं वार्षिक साधारणसभा सम्पन्न

 क्यान महासंघ झापाको छैटौं वार्षिक साधारणसभा सम्पन्न
मनपरे शेयर गरौ ! 


झापा / क्यान महासंघ झापा शाखाको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

विर्तामोड नगरपालिका ४ स्थित गोमेन्द्र महाविद्यालयको सभाहलमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि क्यान महासंघका केन्द्रिय सदस्य भुपेन्द्र मैनाली रहेका थिए ।

झापा क्यानका संस्थापक अध्यक्ष तथा पुर्व केन्द्रीय सदस्य दिपेश पाठक विशिष्ट अतिथी एवम् अतिथीमा प्रदेश १ सचिव रोशन दहालको उपस्थिति रहेको थियो ।


क्यान महासंघ झापा शाखाका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सुभ कुमाई पाठकले स्वागत मन्तव्य राखेकी थिइन् ।

उनले विश्वमा कोरोना महामारीले ग्रस्त भएको यो परिस्थितिमा झापा क्यानले सोचे अनुरुप कार्य गर्न नसके पनि समाजलाई डिजिटल रुपान्तरण गर्ने कार्यमा झापा क्यानले उल्लेख्य कार्य गरेको बताइन् ।


कार्यक्रमलाई शुभकामना दिंदै कार्यक्रमका प्रमुख अतिथि क्यान महासंघका केन्द्रिय सदस्य मैनालीले क्यानको इतिहासबारे प्रस्ट पारेका थिए ।

उनले क्यानले सरकारको नीति निर्माण तथा प्रविधीको क्षेत्रमा उलेख्य भूमिका खेलेको समेत बताए । कार्यक्रममा संस्थाका सचिव कृष्ण प्रसाद घिमिरेले प्रगती प्रतिवेदन पेस गरेका थिए भने कोषाध्यक्ष विनोद श्रेष्ठले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।


कार्यक्रममा झापा जिल्लामा प्रविधीको क्षेत्रमा सेवारत संस्थाका प्रतिनिधी पत्रकार, सदस्य लगायतको उपस्थिति रहेको थियो भने संस्थापक अध्यक्ष तथा पुर्व केन्द्रीय सदस्य दिपेश पाठकले समग्र झापा क्यान तथा क्यान महासंघको भूमिका र विकाश क्रमको बारे प्रस्ट्याएका थिए ।

मनपरे शेयर गरौ ! 

Related post

Featured

नगर आवासमा स्थानिय युवाको सहयोग