• September 27, 2021

पार्टी नेतृत्व र सरकारको खबरदारीका लागि विवेकसिल साझाको मोटरसाइकल र्याली

 पार्टी नेतृत्व र सरकारको खबरदारीका लागि विवेकसिल साझाको मोटरसाइकल र्याली
मनपरे शेयर गरौ ! 


बिर्तामोड / नागरिकका समस्याप्रति सरकार उदासिन भएको भन्दै विवेकसिल साझा पार्टीले आज झापाको बाह्दशी गाउँपालिकामा विरोध स्वरुप मोटरसाइकल र्याली गरेको छ ।


पार्टीका बाह्रदशी गाउँपालिकाका संयोजक भुपिन कटुवालको नेतृत्वमा बाह्दशी- ५ स्थित गोपालेश्वरबाट निस्केको मोटरसाइकल र्यालीले बिहीबारे बजार, डाँगीबारी बजार हुँदै राजगढ बजार पुगेर कोणसभामा गरेको थियो ।


करिब १ सय जनाको सहभागितामा निस्केको मोटरसाइकल र्यालीले लाजतन्त्र बन्द गर, युवा रोजगारी कता गयो, प्लाष्ट्रिक मुक्त बाह्रदशी गाउँपालिका घोषणा गर, किसानलाई मल बिउ बिजन उपलब्ध गर जस्ता नाराहरु लगाएको थियो ।


स्थानीय सरकार र पार्टीको नेतृत्वलाई समेत खबरदारि गर्ने उदेश्यले प्लेकार्डसहित नारा लगाउँदै टोलीले बाह्रदशीका ७ वटै वार्ड घुमेको संयोजक कटुवालले बताए ।


कोषसभालाई संयोजक कटुवाल, विवेकशीलका नेताहरु खगेन्द्र दाहाल, एकराज दाहाल, गोविन्द बजगाई लगायातले सम्बोधन गरेका थिए ।

मनपरे शेयर गरौ ! 

Related post