• September 27, 2021

माल छिराउन खोज्दा पोकेहरु आत्तिएर बाटोमै लडेझैँ भयो कम्युनिष्ट पार्टीको एकता

 माल छिराउन खोज्दा पोकेहरु आत्तिएर बाटोमै लडेझैँ भयो कम्युनिष्ट पार्टीको एकता
मनपरे शेयर गरौ ! 


आज जनयुद्ध दिवस यानेकी फागुण १ गते । तत्कालिन विद्रोही नेकपा (माओवादी) नेतृत्वमा शुरू भएको जनयुद्धको आज २६औं वर्षगाँठ मनाइँदैछ । माओवादीले २०५२ फगुण १ गते देशमा शसस्त्र युद्धको घोषणा अथवा हतियार उठाएको दिन पनि हो–आज ।


देश बिदेशमा पनि यो दिनलाई सबै नेपालीले एकपल्ट नसम्झने भनेर बसिरहेता पनि सम्झन बाध्य हुन्छन् । जीवनको एक दशक भन्दा बढी समय त्यो पनि केही गर्ने यात पढ्ने उमेर युद्धमा बिताएपछी आज देश तथा विदेशमा रोजगारीको सिलसिलामा भौतारिन परेको बिडम्बनालाई बिर्सन खोजेर के गर्ने ? र, आजकै दिनलाई सम्झी रगत बगाउन तयार भएर घर छोडी पार्टीमा लागेको तितो यथार्थ साक्षी छ ।


विगत सम्झेर पछुताउन चाहिँ खोजेको होईन तर जनयुद्धको उपलब्धी माथि हाल आएर गरेको बैमानी माथि प्रश्न चै गर्नै खोजेको हो भन्दा फरक पर्दैन । पार्टी राजनीति होइन हामीले बैज्ञानिक युद्धमोर्चा मार्फत सत्ता कब्जा गर्ने हो मात्र नभनी सत्ता बन्दुकको नालबाट निस्कन्छ भन्दै रगत तताउने नेताहरु आज लाज नमानीकन गैताल राजनीति गर्दै बेइमानीको बोरा भरिरहेका छन् भन्न कुनै आइतबार पर्खर्नु पर्दैन ।


एमालेलाई भाई कांग्रेस हो भन्ने तिनै नेताले कम्युनिष्ट एकताको महान प्रकृया भएको र समाजवादी सत्ता स्थापनाको एउटा खुड्किलोमा अघि बढिरहेको नौटंकी पनि राता–रात भन्सारबाट माल छिराउन खोज्दा पोकेहरु आत्तिएर बाटामै लडेझैँ भयो कम्युनिष्ट पार्टीको एकता प्रकृया भनि लेख्दा आपत्ती नहोस् ।


राज्यसत्ता प्राप्तिको लडाईंमा होमिएका ति महान् शहिद, बेपत्ता र घाइते परिवारलाई बिर्सिएर राजनीतिमा हाम फालेका नेताहरुबाट के आसा र अपेक्षा गरिरहेका होलान्–परिवारहरु ? थकान महसुश भइसकेको अवस्था छ ।


एउटा संविधानसभाबाट बल्ल–तल्ल निर्माण भएको संबिधानलाई त ओलीको पुच्छर भएर आदि–आदि सरकार चलाउने प्रलोभनमा फँसी कत्लेआम गर्ने प्रचण्डबाट वर्तमान अवस्थामा केहि पनि आश गर्ने ठाँउ चै देखिँदैन ।


केपी शर्मा ओलीको हातमा सबैथोक जिम्मा लगाएर जसरी प्रचण्ड ढुक्क भई आदि सरकार चलाउन बसेका थिए । त्यसरी नै ओलीले पनि भएका सबै उपलब्धीलाई निडरतापूर्वक लगेर भैँसी बस्ने आलमा डुबाईदिए–लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्थालाई ।


राजनीति त सामन्तवादीहरुले जनतालाई शोषण गर्न गर्दछन् । नेपालको परिपे्रक्षमा नेपाली कांग्रेस र एमाले भनेका सामन्तवादी पार्टी हुन् भन्दै माओवादी नेतृत्वले गरेको स्कुलिङ्ग सम्झँदा त अहिले के भनेर तत्कालिन नेकपा माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डलाई सम्मानका शब्दहरुले यहाँ सम्मान गरौँ सोचमा घुसिरहेकै छैन्, लाज मात्र लागिरहेको छ ।

राजनैतिक प्रत्याक्रमणको पहीलो र दोस्रो योजना हुँदै देश युद्ध मैदानमा फसिरहँदा साँच्चै सत्ता आउने नै हो भन्ने हुनु हाम्रो लागि स्वभाबिक कुरा हो । उमेर समुहले गर्दा पनि होला बन्दुकबाटै सत्ता कब्जा हुन्छ भन्ने बुझाई रहेकै हो ।र, संसारको इतिहासमा पनि बन्दुकबाटै सत्ताकब्जा भएको पढ्न पाएकै हो । तर, २१ औँ शताब्दीमा त्यो सम्भव छैन् ।


अबको युद्धमोर्चा फरक हुनुपर्छ भन्ने बुझाई आउँदा–आउँदै कम्युनिष्ट पार्टी दलाल पुँजिवादको दबदबामा फँस्न जाँदाको परिणाम भएका सम्पूर्ण उपलब्धीहरु नै गुमाउन पुग्यो ।
अब देशमा अझै ओलीको रोडम्याप भनेको सेना परिचालन गरेर ५० औँ बर्ष यो देशको अर्थतन्त्रलाई पछाडी धकेल्ने गरिको कदम चाल्ने नै हो भन्न सकिन्छ ।

संसद पुर्नस्थापनाको नौटंकी आन्दोलन हैन अब लोकतान्त्रिक गणतन्त्रको हत्यारा वर्तमान सरकारका आसेपासेलाई जेलसम्म पु¥याउने, थुन्ने गरिको तेस्रो महान् जनआन्दोलन संयुक्त मोर्चा निर्माण गर्नुको कुनै बिकल्प छ जस्तो लाग्दैन मलाई ।


वर्तमान संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रको संथागत बिकासको लागि सबै लोकतान्त्रिक राजनीतिक दल एक ठाउँमा उभिने दिन आईसकेको छ ।


मरिसकेको राजतन्त्रलाई कुनै न कुनै बहानामा ल्याउने खेलमा लाग्ोकालाई समर्थन गरेर देशलाई पछाडि धकेल्ने कि लोकतान्त्रिक गणतन्त्रको अपहरणमा परेको बच्चालाई बचाएर मलजल गर्दै अघि बढ्ने ? प्रश्न यो हो जस्तो लाग्छ ।

अन्त्यमा, शसस्त्र विद्रोह र २०६२–६३ सालको जनआन्दोलनसँगै स्थापना भएको संविधानसभा र त्यसको जगमा बनेको संविधानको पक्षमा, ओली सरकारको असम्बैधानिक ‘कु’ का बिरुद्धमा मोर्चाबन्दी गरि तेस्रो जनआन्दोलनमा जानुको बिकल्प छैन । चेतना भया । अस्तु ।।

-लेखक इटाइम्स नेपाल डटकमका कार्यकारी सम्पादक हुन् ।

मनपरे शेयर गरौ ! 

Related post