• June 18, 2021

‘प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गर्ने ‘क्लीयर’ छ’

 ‘प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गर्ने ‘क्लीयर’ छ’
मनपरे शेयर गरौ ! 

काठमाण्डौ / प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलासमा जारी बहसमा एमिकस क्युरीको तर्फबाट राय दिँदै वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गर्ने ‘क्लीयर’ रहेको बताएका छन् ।

मंगलवारको बहसका क्रममा कार्कीले संविधानको धारा ७६ बारे समेत बोलेका छन् । 

‘धारा ७६ अनुसार सरकार बनाउन सकेन भने संसद अटोमेटिक डिजोलुसन हुने हो । सरकार बनायो र सरकार फेल भयो भने अर्को सरकार बनाउन पाउनुपर्‍यो,’ उनले भने, ‘यो दुईवटा सिद्धान्तलाई आधार मानेर धारा ७६ लेखिएको हो ।’

अर्काे सरकार बनाउनै सकेन भने संसदको असफलता हुने भएकाले विघटन हुने कार्कीले बताए । उनले भने, ‘३० दिन लेख्या छ नि ! ३० दिनभित्र सरकार गठन प्रक्रिया शुरू हुनुपर्छ लेख्या छ । त्यहाँ बनेन भने ७६ (७) सम्म गएको छ । फेलियर अफ पार्लियामेन्ट ।’

संविधानको धारा ८५ मा लेखिएको ‘अगावै विघटन भएकोमा बाहेक’ धारा ७६(७) सँग मात्रै संविधान नभएको उनले बताए । त्यससँग मात्रै सम्बन्धित हुन्थ्यो भने धारा ७६(७) बमोजिम अगावै विघटन भएकोमा बाहेक लेखिनुपर्थ्यो भनेर उनले राय दिएका छन् ।

‘संसद् विघटन हुने कुरा सिद्धान्ततः यो संविधानले मान्छ,’ उनले भने । कार्कीको बहस जारी रहेको छ ।
 
सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी बहसमा एमिकस क्युरीका रूपमा नेपाल बार एसोसिएसनबाट ३ र सर्वोच्च अदालत बारबाट २ जना गरी ५ जनालाई अदालतको सहयोगीका रूपमा सहभागी गराइएको छ ।

एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता कार्कीसहित विजयकान्त मैनाली, सतीशकृष्ण खरेल, पूर्णमान शाक्य र गीता पाठक छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन् । ती रिटहरूमाथि रिट निवेदक पक्ष, विपक्षी र रिट निवेदकको जवाफी बहस पनि सम्पन्न भइसकेको छ ।

लोकान्तरबाट साभार

मनपरे शेयर गरौ ! 

Related post

Featured

नगर आवासमा स्थानिय युवाको सहयोग