संसद बिगठन प्रधानमन्त्रीको विशेषाधिकार –गृहमन्त्री थापा

बिराटनगर / गृहमन्त्री रामबहादुर थापाले संसद बिगठन प्रधानमन्त्रीको विशेषाधिकार भएको दोहोर्याएका छन् ।
आज प्रदेश १ को बिराटनगरमा आयोजित बिशाल आमसभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले संसद बिगठन संबिधान संवत भएको दाबी गरे ।
देश चुनावमा होमिइसकेको बताउँदै गृहमन्त्री थापाले विरोधीहरुका लागि पनि चुनाव अवसर भएको बताए ।
निर्वाचनमा नजाने भए चुनाव चिह्न किन चाहियो भन्दै उनले प्रचण्ड माधव पक्षलाई प्रतिप्रश्न गरे । चुनावको घोषणा गर्नु प्रतिगमन नभई अग्रगमन भएको उनको दाबी थियो ।