• July 31, 2021

‘बैद्य, डाक्टरले छोडेपछि झाँक्री लिएर हिड्दै छन् प्रचण्ड’

 ‘बैद्य, डाक्टरले छोडेपछि झाँक्री लिएर हिड्दै छन् प्रचण्ड’
मनपरे शेयर गरौ ! 



विराटनगर
/ प्रधानमन्त्री केपी शर्मा ओलीले सभा कत्रो छ भनेर आकाशको चन्द्रमाले मात्रै देख्ने बताएका छन् । प्रचण्ड माधव नेपाल तर्फ संकेत गर्दे प्रधानमन्त्री ओलीले भने आमसभा कत्रो हुन्छ आकाशले मात्र देख्छ ।


सभा कत्रो र कस्तो हुन्छ हेर्न बिराटनगर आउन आग्रह गर्दै प्रधानमन्त्रीले जनलहर कस्तो हुन्छ हेर्न आउन आग्रह गरे ।


विराटनगरमा आज आयोजित बिशाल आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले पार्टी छोडेर गएकालाई सभा हेर्न आयन आग्रह गरेका हुन् ।


प्रचण्डले पहिले बैद्य लिनु भो बैद्यले छोडे, त्यसपछि डाक्टर लिनु भो डाक्टरले पनि छोडे र अहिले झाँक्री लिएर हिड्दै हुनुहुन्छ झाँक्रीले पनि धेरै दिन साथ दिने छाँट छैन ।


आउनुस जनताको महासागरमा मिसिनुस् । आउनु हुन्न भने भिरबाट खस्ने गोरुलाई राम राम भन्न सकिन्छ , काँध थाप्न सकिन्न ।

त्यो उनको (प्रचण्डको) सफल हुने बाटो होइन पतन हुँदै जाने खिइदै जाने बाटो हो । सक्नु हुन्छ भने पश्चाताप गरेर आउनुस अझै पनि ठाउँ खाली छ ।


हामी नेपालललाई संमुद्ध नेपाल बनाउन चाहन्छौ । चिनको सिमाना किमाथाङका अर्को वर्ष बाटो पुग्छ । किमाथाङका बाटो पुगेपछि चिनसँगको ब्यापार सहज हुन्छ । पूर्व पश्चिन बाटो ६ लेन बनाउँदैछौं ।

जंंगल क्षेत्रमा ४ लेन र अन्य भूभागमा ६ लेन । त्यसर्थ सरकार बिकासको पथमा अघि बढिरहेको प्रधानमन्त्री ओलीले जानकारी दिए ।


हामी झगडा गर्दैनौं । हामी झगड्या होइनौ भन्दै प्रधानमन्त्रीले झगडा गर्दै मुद्दा मामिला गर्दै हिड्ने हामीलाई फुर्सद छैन हामीले काम गर्ने हो ।


सर्बोच्च अदालतले कसैको दवाबले कुनै अन्यथा निर्णय गर्दैन । संसद पुर्नस्थापना भयो भने फेरी अस्थिरता आउँछ । बहुमतको सरकार बन्दैन । त्यसर्थ चुनावको बिकल्प छैन ।

मनपरे शेयर गरौ ! 

Related post