• June 18, 2021

सरकार र पार्टी नेतृत्वको भ्रम चिर्न साइबर सेना

 सरकार र पार्टी नेतृत्वको भ्रम चिर्न साइबर सेना
मनपरे शेयर गरौ ! 


काठमाडौं / नेपाल कम्युनिष्ट पाटी केपी ओली पक्षीय राष्ट्रिय युवा संघ नेपालले सरकार र पार्टी नेतृत्वविरुद्ध सिर्जित भ्रम चिर्न साइबर सेनाको युनिट निर्माण गर्ने जनाएको छ ।


शनिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा युवासंघका अध्यक्ष वचनवहादुर सिंहले विभिन्न मिडियामार्फत चलाइएको भ्रम चिर्न साइबर सेनाको युनिट बनाइएको जानकारी दिए ।


युवा संघ नेपालले जारी गरेको विज्ञप्तिमा युगीन उपलब्धीहरुको रक्षा, प्रयोग र विकास गर्न प्रत्येक तहको कमिटी प्रणालीमा छुट्टै साइबर सेनाको युनिट निर्माण गर्दै संघद्धारा निर्धारित आचारसंहिताभित्र रही एकढिक्का भई प्रतिकार गर्न युवाशक्ति परिचालन गर्ने भनेको छ ।


देशभर चुनावको अभियान चलाउने र ५ लाख युवालाई नयाँ सदस्य बनाउने दावी गरेको सो समुहले केहि बौद्धिक अराजकतावादीहरुले देशमा अस्थिरता र अराजकता मच्चाउन खोजिरहेको आरोप लगाएको छ ।


त्यस्ता कार्यको भण्डाफोर गर्न साइबर सेनाको युनिट बनाउन लागिएको सिंहले बताए ।

मनपरे शेयर गरौ ! 

Related post

Featured

नगर आवासमा स्थानिय युवाको सहयोग