• March 4, 2021

ओली समुहमै फर्किए शेर बहादुर तामाङ र उषाकला राई

 ओली समुहमै फर्किए शेर बहादुर तामाङ र उषाकला राई
मनपरे शेयर गरौ ! 


झापा / प्रचण्ड माधव समुहमा गएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य शेर बहादुर तामाङ र प्रदेश नम्बर एककी प्रदेशसभा सदस्य उषाकला राई ओली समूहमा फर्किएका छन् ।


सुरुमा तामाङ दम्पती ओली समूहका बैठकमा सहभागी भएपनि केही समयपछि प्रचण्ड–नेपाल समूहमा लागेका थिए ।


सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद समेत रहेका तामाङले प्रचण्डलाई नेता मानेर हिँड्न नसकिने बताए । उनल जहाँ आफूलाई सहज हुन्छ, आफ्नो दृष्टिकोण मिल्छ, त्यहाँ बसेर काम गर्ने बताए ।


सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित तामाङ नेकपा केन्द्रीय सदस्य हुन् । उषाकला राई प्रदेशसभा सदस्य हुन् ।

मनपरे शेयर गरौ ! 

Related post

प्रमुख समाचार

गृहद्वारा ५२ सिडियोको सरुवा