• June 18, 2021

गौरिका सिंह र मन्देकाजी श्रेष्ठ सवोत्कृष्ट खेलाडी घोषित

 गौरिका सिंह र मन्देकाजी श्रेष्ठ सवोत्कृष्ट खेलाडी घोषित
मनपरे शेयर गरौ ! 


झापा / पौडी खेलाडी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ एनएनआइपिए स्पोर्टस अवार्डमा सवोत्कृष्ट खेलाडी घोषित भएका छन् ।


राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी (एनएनआइपिए) ले शनिबार आयोजना गरेको १५ औं स्पोर्टस अवार्डमा गौरिका र मन्देकाजी सर्वोत्कृष्ट घोषित भएका हुन् ।


१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सनसनी मच्चाएका उनीहरुलाई सर्बोत्कृष्ट खेलाडि घोषित गरिएको हो ।

साग खेलकुदका २६ खेलाडीलाई सम्बन्धित संघको सिफारिसमा उत्कृष्ट खेलाडीबाट सम्मानित गरेको हो ।

उत्कृष्ट खेलाडीको सुची यसअघि नै एनएनआइपिएले सार्वजनिक गरिसकेको थियो । तीनै उत्कृष्ट मध्येबाट सर्वोत्कृष्ट खेलाडी छनोट गरिएको एनएनआइपिएले जनाएको छ ।

गत वर्ष मंसिरमा नेपालमा आयोजना भएको १३औं सागमा गौरिकाले ४ स्वर्ण पदक जितेकी थिइन् । सागको एकै संस्करणमा ४ स्वर्ण पदक जित्ने गौरिका पहिलो नेपाली हुन् । १३ औं सागमा गौरिकाले ४ स्वर्णसहित ९ पदक जितेकी थिइन् ।


२०० मिटर फ्रि–स्टायल, २०० मिटर ब्याकस्ट्रोक, ४०० मिटर फ्रि–स्टायल र १०० मिटर फ्रि–स्टायलमा स्वर्ण पदक जितेकी थिइन् ।


त्यस्तै, उनले ५० र १०० मिटर ब्याक स्ट्रोकमा रजत पदक जितेकी थिइन् भने स्वीमिङ टिम इभेन्ट्समा तीन कास्य पदक जितेकी थिइन् । मन्देकाजीले १३ औं सागमा दुई स्वर्ण जितेका थिए ।

आठौं राष्ट्रिय खेलकुदमा एकल कातामा स्वर्ण पदक जितेका उनी टिम कातातर्फ भने रजतमै सीमित भएका थिए । गत वर्ष बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा मन्देले एकल कातातर्फ कास्य र टिम कातामा स्वर्ण पदक जितेका थिए । हाम्रो खेलकुदको सहयोगमा

मनपरे शेयर गरौ ! 

Related post

Featured

नगर आवासमा स्थानिय युवाको सहयोग