• April 14, 2021

राप्रपाको हल्दिबारी गाउँअधिबेशनबाट एकराज रानामगर अध्यक्षमा निर्बाचित

 राप्रपाको हल्दिबारी गाउँअधिबेशनबाट एकराज रानामगर अध्यक्षमा निर्बाचित
मनपरे शेयर गरौ ! 


हल्दिबारी / राष्ट्रिय प्रजातन्त्र पार्टी हल्दिबारी गाउँपालिकाको गाउँ अधिबेशनबाट पुनः एकराज राना मगर (मदन) अध्यक्ष निर्वाचित भएका छन् ।


आज सम्पन्न राप्रपाको हल्दिबारी गाउँ अबिधेशनबाट राना मगर पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । अधिबेशनले अध्यक्ष सहित २७ सदस्यीय कार्यसमिति पनि चयन गरेको छ ।


राप्रपाका केन्द्रीय कार्य सम्पादन समिति सदस्य तथा झापा क्षेत्र नं ३ का संघीय सांसद राजेन्द्र लिङदेनको प्रमुख आतिथ्यमा अधिबेशन सम्पन्न भएको हो ।

कार्यक्रममा राप्रपा केन्द्रीय कार्य सम्पादन समिति सदस्य भक्ति सिटौला, राप्रपा प्रदेश नं १ सदस्य रामकुमार राजवंशी , देबी दंगाल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।


तुलसा आचार्यले स्वागत मन्तब्य राखेको कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य ममता देवान, गाउँपालिका अध्यक्ष रबिन्द्र लिङदेन लगायत राप्रपाका जिल्ला नेतृत्वको उपस्थिति थियो । खिबराज भट्टराइले कार्यक्रम सञ्चालन गरेका थिए ।


कार्यक्रममा अन्य पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेका थिए । राप्रपामा प्रवेश गर्ने सबैलाई कार्यक्रमका प्रमुख अतिथि राजेन्द्र लिङदेनले सदस्यता प्रदान गरेका थिए । निर्वाचित समितिले अन्य पदाधिकारीको पनि टुङ्गो लगाउने बताइएको छ ।

मनपरे शेयर गरौ ! 

Related post