• November 28, 2021

सरकार र विप्लवबीच भएको सहमति कार्यान्वय गर्ने मन्त्रिपरिषदको निर्णय

 सरकार र विप्लवबीच भएको सहमति कार्यान्वय गर्ने मन्त्रिपरिषदको निर्णय
मनपरे शेयर गरौ ! 


काठमाण्डौं / सरकार र नेकपा नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्व बीच भएको सहमति शुक्रबारदेखि नै कार्यान्वयन गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ ।


सरकारले नेकपासँग गरेको समझदारीलाई कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
बिहीवार साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेकपासँग गरिएको सहमतिअनुसार शुक्रवारदेखि नै काम थाल्ने निर्णय गरेको थियो ।


बालुवाटारमा बुधवार र बिहीवार भएको वार्तामा विप्लव नेकपाको तर्फबाट सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा ’प्रकाण्ड’ र केन्द्रीय सदस्य उदय चलाउने र सरकारका तर्फबाट गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ’बादल’ र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सम्मिलित थिए ।


दुवै पक्षबीच तीनबुँदे सहमति भएको थियो । विप्लव नेतृत्वको नेकपाका राजनीतिक बन्दीहरूलाई रिहा गरिने, नेकपाले शान्तिपूर्ण राजनीतिक गतिविधि गर्ने लगायतका तीनबुँदे सहमति भएको हो ।


सहमति पत्र शुक्रवार औपचारिक कार्यक्रम गरि प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सार्वजनिक गर्ने कार्यक्रम छ ।

मनपरे शेयर गरौ ! 

Related post