• November 28, 2021

प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप

 प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप
मनपरे शेयर गरौ ! 


काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप लगाउँदै दोस्रो चरणको खोप अभियान सुरु गरेका छन् । आज प्रधानमन्त्री ओलीले शिक्षण अस्पताल पुगेर खोप लगाएका हुन् ।

प्रधानमन्त्री ओलीले खोप लगाएसँगै दोस्रो चरणको खोप अभियान पनि औपचारिक रुपमा सुरु भएको छ ।


शिक्षण अस्पताल पुगेर प्रधानमन्त्रीसँग अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री हृदयेस त्रिपाठी लगायतले पनि खोप लगाएका थिए ।

दोस्रो चरणको खोप अभियान अन्तर्गत देशभरका १५ हिमाली जिल्लामा ५५ वर्ष माथिकालाई र अन्य जिल्लामा ६५ वर्ष माथिकालाई खोप लगाउने सरकारी योजना छ ।

सरकारले यसपटक करिब १६ लाख ज्येष्ठ नागरिकलाई कोभिसिल्ड खोप प्रदान गर्ने लक्ष्य राखेको छ ।

मनपरे शेयर गरौ ! 

Related post