• November 28, 2021

शान्त र सौम्य राजालाई स्थान दिएर राष्ट्रिय एकता कायम गर्न लिङ्देनको आह्वान

 शान्त र सौम्य राजालाई स्थान दिएर राष्ट्रिय एकता कायम गर्न लिङ्देनको आह्वान
मनपरे शेयर गरौ ! 


झापा / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद राजेन्द्र लिङ्देनले बिखण्डन, बिप्लवका कुरा गर्ने, हतियार बोक्नेलाई मात्र नभई राजालाई पनि स्थान दिन आह्वान गरेका छन् ।


अनेक अभियोग र लान्छनाका बीच पनि शान्त र सौम्य रहने राजालाई स्थान दिएर पूर्णरूपमा राष्ट्रिय एकता कायम गर्न आह्वान गरेका हुन् ।


मंगलवार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै सांसद लिङ्देनले अहिलेको अस्थिरता, असफलता कुनै वा पार्टीको नभई कमजोर धरातलमा अडेको वर्तमान प्रणालीकै असफलता रहेको ठोकुवा गरेका छन् ।


सांसद लिङदेनले ट्विटरमा लेखेका छन्, ‘अहिलेको अस्थिरता या असफलता कुनै व्यक्ति या पार्टीको नभएर कमजोर धरातलमा अडेको वर्तमान प्रणालीकै असफलता हो । बिखण्डन, विप्लवका कुरा गर्ने, हतियार बोक्नेलाई मात्र होइन ।


अनेक अभियोग, लान्छनाका बीच पनि शान्त र सौम्य राजालाई पनि स्थान दिएर पूर्णरूपमा राष्ट्रिय एकता कायम गरौं !’

मनपरे शेयर गरौ ! 

Related post