• April 14, 2021

झापाको पार्टी कार्यालयमा पनि राखियो नेकपा एमालेको बोर्ड

 झापाको पार्टी कार्यालयमा पनि राखियो नेकपा एमालेको बोर्ड
मनपरे शेयर गरौ ! 


झापा / सर्बोच्च अदालतको फैसलापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम रहेको झापा बिर्तामोडको जिल्ला पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ ।


सर्बोच्चको फैसलापछि नेकपा एमाले र नेकपा माओबादी (केन्द्र) पुर्नस्थापित भएपछि साबिकका पार्टी कार्यालयमा भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ठाउँमा नेकपा एमाले जिल्ला पार्टी कार्यालय लेखिएको बोर्ड राखिएको हो ।

मंगलबार बिहान बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा नेकपा एमाले लेखिएको बोर्ड राखिएको हो ।


सर्वोच्च अदालतले केपी ओलीले नेतृत्व गरेको पूर्व नेपालकम्युनिष्ट पार्टी (एमाले) र प्रचण्डले नेतृत्व गरेको नेकपा माओबादी (केन्द्र) एकिकरण भई बनेको नेकपालाई आधिकारिकता नदिएपछि पूर्ववत रुपमा एमाले र माओवादी केन्द्र व्यूँतिएका छन् ।

बिर्तामोडको पार्टी कार्यालय तत्कालिन एमालेको पार्टी कार्यालयमा हो । पार्टी एकता पछि सो कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लेखिएको बोर्ड राखिएको थियो ।

तस्बीर : सागर पोर्तेल

मनपरे शेयर गरौ ! 

Related post