• August 4, 2021

हल्दिबारीमा धमाधम कोभिड विरुद्धको खोप अभियान जारी

 हल्दिबारीमा धमाधम कोभिड विरुद्धको खोप अभियान जारी
मनपरे शेयर गरौ ! 


हल्दिबारी / हल्दिबारी गाउँपालिकाले बुधबार गोलधाप, हल्दिबारी र जलथल स्वास्थ्य चौकीमा गाउँपालिकाका ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई कोभिड विरुद्धको खोप लगाउने भएको छ ।

गाउँपालिकाले तीनवटा स्वास्थ्य चौकीबाट ६५ वर्ष माथिका स्थानीयलाई कोभिड विरुद्धको खोप लगाउन लागेको स्वास्थ्य शाखा हल्दिबारीले जनाएको छ ।


गाउँपालिकाले कोभिड विरुद्धको खोप लगाई कोरोना विरुद्ध लड्न सबै ज्येष्ठ नागरिकहरुलाई आह्वान पनि गरेको छ ।

गाउँपालिकाले तीनदिन अघिदेखि १ हजार २४९ जना लक्षित समूहलाई कोभिड विरुद्धको खोप लगाई सकेको छ ।

मनपरे शेयर गरौ ! 

Related post