• August 4, 2021

नेकपा एमाले सुदूरपश्चिम प्रदेश इन्चार्जमा लेखराज भट्ट नियुक्त

 नेकपा एमाले सुदूरपश्चिम प्रदेश इन्चार्जमा लेखराज भट्ट नियुक्त
मनपरे शेयर गरौ ! 


झापा / नेकपा एमालेले सुदूरपश्चिम प्रदेश कार्यालयको इन्चार्जमा लेखराज भट्टलाई नियुक्त गरेको छ ।


एमाले उपाध्यक्ष भीम रावललाई हटाउँदै उद्योगमन्त्री समेत रहेका भट्टलाई आज नेकपा एमाले सुदूरपश्चिम प्रदेशको इन्चार्जमा चयन गरिएको हो ।


प्रदेश कार्यालयमा उनको नाम लेखिएको नेम प्लेट समेत राखिएको छ ।


मन्त्री भट्ट नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य पनि हुन । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि भट्ट ओली पक्षमा दृढताका साथ उभिएका थिए ।

मनपरे शेयर गरौ ! 

Related post