• August 4, 2021

नाटकघरलाई जग्गा दान दिंदै मनाए सीपी कडरियाले जन्मदिन

 नाटकघरलाई जग्गा दान दिंदै मनाए सीपी कडरियाले जन्मदिन
मनपरे शेयर गरौ ! 


बिर्तामोड / निर्माणाधिन झापा नाटक घर निर्माण सहयोगका लागि राजनीतिक तथा सामाजिक व्यक्तित्व सीपी कडरियाले आफ्नो जन्मदिनमा एकधुर जग्गा दान गरेका छन् ।


बिर्तामोड नगरपालिका –४ निवासी कडरियाले आफ्नो ४० औं जन्मदिनको अवसरमा आफ्ना माता पिताको नामबाट नाटकघर निर्माणमा एकधुर जग्गा किन्न सहयोग स्वरुप १ लाख १ हजार रुपैयाँकोे चेक हस्तान्तरण गरेका हुन् ।


निर्माणधिन झापा नाटक घर परिसरमा आज आयोजित जन्मोत्सव समारोहमा आफ्नी श्रीमति निर्मला खतिवडा र छोरासहित उपस्थित कडरियाले नाटक घर निर्माण व्यवस्थापन समितिका अध्यक्ष ज्ञानुराम प्रसाईलाई चेक हस्तान्तरण गरेका हुन् ।


कडरियाले गत स्थानीय तहको निर्वाचनमा बिर्तामोड नगरपाकिलाको मेयरको प्रत्यासी भएर निर्वाचनमा भाग लिँदा झापामा ऐतिहासिक जातीय संग्रहालय सहितको नाटक घर निर्माण गर्ने घोषणापत्रमा प्रतिबद्धता समेत जनाएका थिए ।


निर्वाचनमा पराजित भएपनि उनले झापामा रंगमञ्च निर्माण गर्ने आफ्नो सपना साकार पार्न जन्मदिनको अवसरलाई सदुपयोग गर्दै एकधुर जग्गा किन्ने रकम प्रदान गरेको बताए ।

राजनीति सँगसँगै सामाजिक कार्यमा रमेत सक्रिय कडरियाले चेक हस्तान्तरण गर्दै आफु जग्गादान गर्ने हैसियतको दानबीर नभएको तर झापामा एउटा नाटक घर आवश्यक छ भन्ने आफ्नो भिजनले मुर्त रुप लिन लागेकाले सहयोग स्वरुप एकधुर जग्गा किन्दिन मात्र खोजेको प्रष्ट पारे ।


उनले आफु सामान्य मान्छे भएकोले दानबीरको रुपमा नबुझ्न आग्रह गरे । कडरियाको व्यक्तित्वका विषयमा पञ्चकन्या सोसाइटीका अध्यक्ष तेजमणि प्रसाईले प्रकाश पारेका थिए ।

समय र बचनप्रति प्रतिबद्ध सीपी कडरिया ‘राइट एक्सन इन राइट टाइम’ को फर्मुला अनुसार अघि बढ्ने स्वभाव भएको प्रसाईले जानकारी दिए ।

सो अवसरमा समाजसेवी तथा बैदेशिक रोजगार व्यवसायी भानु शिवाकोटीले पनि झापा नाटक घर निर्माणको लागि ५१ हजार रुपैयाँ नगद हस्तान्तरण गरे ।


शिवाकोटीले आफ्ना भान्जा सीपी कडरियाको जन्मदिन र शिवरात्रीको अवसरमा सो रकम प्रदान गर्न पाउँदा आफुलाई खुसि लागेको बताए ।


क्षितिज नाट्य समूहका अध्यक्ष माधव कल्पितले सहजिकरण गरेको कार्यक्रममा समाजसेवी रञ्जु प्याकुरेलले पनि १ हजार १ रुपैयाँ नगद सहयोग गरेकी थिइन् ।

नाटक घर निर्माणमा सहयोग गरेको भन्दै क्षितिज नाट्य समुहको तर्फबाट कडरियालाई आफ्नो तस्बीर अंकित मायाको चिनो प्रदान गरिएको थियो ।


कडरियाको जन्मदिनमा तेजमणि प्रसाई, ओमकृष्ण बिमली, धुर्व शिवाकोटी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

सामाजिक कार्यमा सक्रिय कडरियाको भावी दिन शुखमय रहोस् हाम्रोतर्फबाट पनि जन्मदिनको शुभकामना ।

मनपरे शेयर गरौ ! 

Related post