• August 4, 2021

नेकपा एमालेले तोक्यो सातै प्रदेश इन्चार्ज

 नेकपा एमालेले तोक्यो सातै प्रदेश इन्चार्ज
मनपरे शेयर गरौ ! 


झापा / नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले सात वटै प्रदेशको इन्चार्ज तोकेको छ ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले केहि नयाँलाई जिम्मेवारी दिँदै सातै प्रदेशको इन्चार्ज तोकेको हो ।


बैठकले प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल र बागमती प्रदेशमा रामबहादुर थापा इन्चार्ज तोकेको छ ।


गण्डकी प्रदेशको इन्चार्जमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शंकर पोखरेल, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्ज तोकेको छ ।


माधव नेपाल पक्षका नेताहरु उपस्थित नभएको बैठकमा पूर्व माओवादी खेमाबाट आएका नेताहरु रामबहादुर थापा बादल र लेखराज भट्ट शुक्रबार मात्र एमालेको केन्द्रीय सदस्य मनोनयन भएका थिए ।


बैठकले माओवादीबाट आएका २३ नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन पनि गरिएको छ ।

मनपरे शेयर गरौ ! 

Related post