• November 28, 2021

‘एमालेबाट माधव नेपाल समूह बिद्रोह गरि आफुतिर आउँछ’ – प्रचण्ड

 ‘एमालेबाट माधव नेपाल समूह बिद्रोह गरि आफुतिर आउँछ’ – प्रचण्ड
मनपरे शेयर गरौ ! 


झापा / माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेबाट माधव नेपाल समूह बिद्रोह गरि आफुतिर आउने भविश्यवाणी गरेका छन् ।


सर्वोच्चको फैसालापछि एमाले र माओबादी पूर्ववत अवस्थामा ब्यूतिएपछि प्रचण्डको यस्तो भनाई आएको हो ।


प्रचण्डले ब्यूँतिएको एमाले पुनः एकीकृत रहन नसक्ने भविष्यवाणी गरेका छन् । एमालेतिर गएको माधव नेपाल समूहले अन्ततः विद्रोह गरेर आफूहरुतिर आउने उनको दाबी छ ।


नेकपा माओबादी केन्द्रले आफ्नो पार्टीको नाम फेर्ने बहस पार्टीमा चलिरहेको छ भने अर्कोतिर एमालेमा संस्थापन केपी ओली पक्ष माधव नेपाल पक्षबीच मन मिल्न सकेको छैन ।

यो अवस्थामा प्रचण्डको उक्त भविश्यबाणीलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रचण्डले बुटवलमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शुक्रबार त्यस्तो टिप्पणी गरेका हुन् ।


प्रचण्डले पुस ५ गतेदेखि माधव समूहसँग आफूहरुको वैचारिक, राजनीतिक र भावनात्मक सम्वन्ध धेरै माथि पु्गेको बताए । यसलाई फेरि एकतातिरै लैजानुपर्छ भन्ने माधव समूहको रणनीति रहेको उनको बुझाइ छ ।

मनपरे शेयर गरौ ! 

Related post